Logo
Logo

नुवाकोटको महादेवफाँटमा प्रभु बैंक शाखा


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा २१४औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथि वाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका हुन् ।

उक्त शाखा उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको र यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फार्म, कम्पनी तथा संघ संस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्