Logo
Logo

एमाले स्थायी कमिटी : वामदेव ‘इन’ माधव पक्ष ‘आउट’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमा स्थायी कमिटी सदस्य फेरबदल गरिएको छ । शुक्रबार गठन गरिएको स्थायी कमिटीबाट माधव नेपाल पक्षधरका नेताहरूलाई हटाइएको भने वामदेव गौतमलाई भित्राइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गठन गरेको कमिटीमा साविक नेकपा विभाजनपछि ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ । बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् ।

यस्तो छ स्थायी कमिटी
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल

१९. मणि थापा

प्रतिक्रिया दिनुहोस्