Logo
Logo

माओवादी छाडेका चार नेता एमाले स्थायी कमिटी सदस्य


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र त्याग गरेर एमालेमा प्रवेश गरेका चार नेता स्थायी कमिटी सदस्य बनेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नयाँ स्थायी कमिटी गठन गरेको हो । १९ सदस्य स्थायी कमिटीमा माधव पक्षलाई आउट गरिएको छ । कमिटीमा माआवादीका रामबहादर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाइएको हो ।

कमिटीमा प्रभु शाह भने अटाएनन् । यसअघि एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्