Logo
Logo

ओलीलाई चित्त बुझेन माधव पक्षको स्पष्टिकरण


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरणमै शंका व्यक्त गरेका छन् । एमालेका २७ जना सांसदलाई सोधिएको स्पष्टिकरणमा जो जसले स्पष्टिकरण बुझाएको र उनीहरुको जवाफ एउटै प्रकारको भएको भन्दै ओलीले शंका गरेका हुन् ।

 

स्पष्टिकरण सोधिएका २७ जना सांसद्मध्ये पाँच जना सांसदले अझै स्पष्टीकरण बुझाएका छैनन् । योगेश भट्टराई, रामकुमारी झाँक्री, मेठमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टिकरण बुझाएका छैनन् ।

पार्टी अध्यक्ष ओलीका अनुसार स्पष्टीकरण तुलानात्मक हिसाबले सफ्ट आएको छ । तर, एउटै प्रकृतिको उत्तर आएको भन्दै उनले कतै बसेर निर्णय गरी स्पष्टीकरण लेखेको हुन सक्ने आशंका गरेका छन् ।

ओलीले सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको पनि बैठकमा जानकारी दिए । त्यस्तै, जय कुमार राई, सोम पाण्डे र कल्याणीको स्पष्टीकरण सुझावसहित आएको उनको भनाइ छ ।

यस्तै, कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसदहरूले आफ्नै ढंगले स्पष्टीकरण दिएको अध्यक्ष ओलीले जनाएका छन् ।
प्रकाश ज्वाला र अन्य ४ जना प्रदेश कमिटी सदस्यले भूलवश फ्लोर क्रस गरेपछि सच्याएको दावी गरे । बैठकले देवी ओलीको बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्