Logo
Logo

आईपीएलमा मुम्बई इन्डियन्स र पंजाब किङ्स खेल्दै


दृष्टि संवाददाता


काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स र पंजाब किङ्स बिच प्रतिस्पर्धा हुँदैछ ।

चेन्नईको चेपाकमा साँझ पौने आठमा खेलिने खेलमा पंजाब आफ्नो दोस्रो जीतको खोजीमा रहनेछ भने साविक विजेता मुम्बई पंजाबलाई हराउँदै यस संस्करणमा आफ्नो फर्म तगडा बनाउने प्रयासमा रहनेछ ।

पहिलो खेलमा राजस्थानविरुद्धको जीत निकालेको पञ्जाबको त्यसपछिको प्रदर्शन सन्तोषजनक देखिएका छन् । चेपाकमा खेलिएका ८ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले ५ खेल जितेको छ ।

यी दुई टोली बिचको पछिल्लो खेल डबल सुपर ओभरमा गएको थियो, जुन पंजाबले जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्