Logo
Logo

स्वास्थ्य मापदण्ड उलंघनः प्रधानमन्त्रीले गरे सैनिक अस्पतालको शिलान्यास


दृष्टि संवाददाता


काठमाडौं । शिलान्यास र उद्घाटनमा रमाउँने प्रधानमन्त्री केपी ओलीले आज (शनिबार) धरहरा उद्घाटन गर्दै छन् भने सैनिक अस्पतालको नयाँ भवन शिलान्यास गरेका छन् ।

 

प्रधानमन्त्री ओली विहान ८ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १५ छाउनीमा रहेको जगदल गणभित्र वीरेन्द्र सैनिक अस्पतालको नयाँ भवन शिलान्यास गर्न पुगे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा ओली सहित स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायत ५०/६० जनाको उपस्थिति थियो ।

स्वास्थ्य मापदण्ड पालना गर्न उर्दि जारी गरेको सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउँने नियम बनाएको छ । तर प्रधानमन्त्री नै सरकारको मापदण्ड मिच्दै भेला, बैठक, शिलान्यास जस्ता कार्यक्रममा निरन्तर उपस्थित हुने गरेका छन् । उनी आज विहान कार्यक्रम सकेर ९ बजे निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्