Logo
Logo

दमौलीमा एभरेष्ट बैंकको शाखा


दृष्टि संवाददाता


काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा १०३औँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधा उपलब्ध गराउनका लागि शाखा सञ्चालनमा ल्याएको हो ।

उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेश पेमेन्टलाई प्रवद्र्घन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्