Logo
Logo

आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद दुवै पारित


दृष्टि संवाददाता


काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । वैशाख १२ गते सम्पन्न कम्पनीको २३औं बार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । उक्त बोनसपश्चात कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यससँगै कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।

कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिका लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले बोनस र हकप्रद सेयर जारी गर्ने भएको हो । बोनस तथा हकप्रद सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्