Logo
Logo

एनआइबीएल एस क्यापिटल रुरु जलविद्युत्को शेयर रजिष्ट्रार नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । भर्खरै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत् परियोजनाले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । २०७८ वैशाख ५ गते आइतबार रुरु जलविद्युत् परियोजना लिमिटेड र एनआइबिएल एस क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको र सोही मितिबाट सम्झौता लागू भएको जनाइएको छ ।

रुरु जलविद्युत् परियोजनाका तर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले एक कार्यक्रमबीच रुरु परियोजनाको केन्द्रीय कार्यालय हत्तीसार काठमाडौंमा हस्ताक्षर गरेका छन् ।

रुरु जलविद्युत परियोजना कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । कार्यक्रममा परियोजनासहित एनआईबिएल एस क्यापिटल शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्