Logo
Logo

काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधीभर काठमाडौं आउने व्यक्तिले उक्त नियम पालना गर्नुपर्ने भएको छ । जारी आदेशमा भनिएको छ– ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने ।’

उपत्यका कोरोनाभाइरसको हटस्पट बनेपछि तीनै जिल्लाका प्रशासनले यस्तो निर्णय गरेका हुन् । काठमाडौंमा सोमबार एकैदिनमा १५ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्