Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड– १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकामा उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको थियो । जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी भुक्तानी रकम जनही रु ५० हजार सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ ।

साई बाबा रेमिट चाबहिलका हरिकुमार श्रेष्ठ, अनलाइन सबरेमिट काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर सुन्सरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेट्वर्क परासीका शेरबहादुर गुरुङ र हीरा इन्टप्राइजेज नवलपुरका कृष्ण गिरी गरी ८ जनालाई चेक हस्तान्तरण गरिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्