Logo
Logo

पहिलो दिनमै एनआईबिएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई बिक्री


दृष्टि संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआइबिएल समृद्धि फण्ड–२ को आज पहिलो दिनमै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदको लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिन छिटोमा २०७८ वैशाख १६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्