Logo
Logo

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द


दृष्टि संवाददाता


काठमाडौं ।  यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए ।

‘विश्वभरि फैलिँदै गइरहेकाे नयाँ भेरियन्टकाे काेभिड-१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्काे सूचना प्रकाशन नभएसम्म सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएकाे छ,’ प्रवक्ता भुसालद्वारा जारी सूचनामा भनिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्