Logo
Logo

रुपन्देहीमा १५ दिन निषेधाज्ञा गर्ने डीसीसीएमसीको निर्णय


दृष्टि संवाददाता


बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको हो ।

डीसीसीएमसीको सिफारिश अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार (भोलि) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने उनले जानकारी दिए । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक बाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्