Logo
Logo

उपत्यका भयवाह बन्दै, एकैदिन करिब २ हजारमा कोरोना पुष्टि


दृष्टि संवाददाता


काठमाडौँ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिँदै गएको छ । गत २४ घण्टामा मात्रै उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा काठमाडौं उपत्‍यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‍पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्