Logo
Logo

नेपाल प्रहरीमा महिलाको संख्या बढ्दै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ फागुन ।
नेपाल प्रहरीमा महिलाको संख्या बढ्दै गएको छ । हाल ७५ हजार प्रहरीमध्ये महिलाको संख्या ८.९ प्रतिशत पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


यही वर्ष पहिलोपटक नेपाल प्रहरीले महिला एआईजी पाएको थियो । प्रहरी अस्पतालको प्रमुखका रुमपा एआईजी दुर्गा थापाले नेतृत्व गरिरहेकी छिन् ।
पहिलोपटक सन् १९५१ मा चिन्तामाया डंगोल नेपाल प्रहरीमा भर्ना हुने पहिलो महिला प्रहरी हुन् ।
हाल पूजा सिंह, किरण बज्राचार्य, मिरा चौधरी एसएसपी प्रहरीको एसएसपी पदमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्