Logo
Logo

गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृ शोक


दृष्टि संवाददाता


काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृ शोक परेको छ । उनकी आमा रुपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

तामाङले आमाको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्- ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा, आई लभ यू ।’

‘इन्डियन आइडल ३’ को विजेता बनेपछि चर्चामा छाएका प्रशान्त अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ । यस अगाडि उनी अभिनित फिल्म गोर्खा पल्टन, परदेशी, निशानीलगायत प्रदर्शनमा आएका थिए ।

Thank You Everyone For Your Kind Words And Motivating Me To Stay Strong 🙏🏻🙏🏻
But You See…
𝑳𝒐𝒔𝒊𝒏𝒈 𝑨 𝑴𝒐𝒕𝒉𝒆𝒓 𝑫𝒐𝒆𝒔𝒏’𝒕…

Posted by Prashant Haasi Tamang on Monday, April 26, 2021

 

प्रतिक्रिया दिनुहोस्