Logo
Logo

नेपाल सुपर लिगमा धनगढीको पहिलो जित दर्ता


दृष्टि संवाददाता


काठमाडाैं । धनगढीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई तीनका विरुद्ध शुन्य गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो ।

धनगढीलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । यस्तै टंक बस्नेतले एक गोल गरे । काठमाडौंविरुद्ध धनगढीले पहिलो हाफमै तीन गोल गरेको थियो ।

खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै धनगढीलाई अग्रता दिलाए । खेलको २२ औं मिनेटमा ओलावालेले गोल गर्दै धनगढीलाई दुईका विरुद्ध शुन्यको अग्रता दिलाए ।

त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई तीनका विरुद्ध शुन्यको जित दिलाए । खेलको ६८ औं मिनेटमा धनगढी १० खेलाडीमा समेटियो । रमेश दंगाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

काठमाडौंका रमेश बर्तौलालाई खराब ट्याकल गरेपछि दंगालले कार्ड पाएका हुन् । जीतसँगै धनगढीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग तीनका विरुद्ध शुन्यले पराजित भएको थियो । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्