Logo
Logo

पितृसतात्मक सोच नै महिलाको विकासमा प्रमुख चुनौतीः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता



काठमाडौं २४ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिलादिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीदिदीबहिनीतथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गरेका छन् । महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत प्रधानमन्त्रीको छ ।


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक,आर्थिक सामाजिकतथा साँस्कृतिकअधिकार सुनिश्चितगर्न आफ्नो जीवनअर्पण गर्नु हुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरूको स्मरण गरे ।
परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पौराणिक कालदेखि प्रचलित“यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता”भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताए । “तर नारीलाई पूजागर्दा ईश्वर पनिखुसीहुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नै पर्दछ,” प्रधानमन्त्रीले भनेका छन् “हाम्रो समाजमाविद्यमानदाइजो प्रथा,बोक्सीको नाममाहुने ज्यादति,छाउपडीजस्ता कुरीतिका साथैयौन दुव्यर्वहार र हिंसाका घटनालेनारीको सम्मानगर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौतिदिइरहेका छन् । अब हामीले विलम्व नगरी विभेदर कुरीतिको अन्त्य गर्दै न्याय र समानतामाआधारित सभ्य समाजनिर्माण गर्न सक्नु पर्दछ ।”
प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामामहिलाहरुको प्रतिनिधित्वमा राजनीतिक,आर्थिक एवम् सामाजिकक्षेत्रमाउल्लेख्य रुपमा वृद्धिभएकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले भनेका छन् , “मातृमृत्युदरमा सुधार,महिलाको कूल साक्षरतादरमा बृद्धितथाउनीहरुकोआर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन् । पैतृक सम्पत्तिमा समानहक,सामाजिक सुरक्षा र सामाजिकन्यायकालागिभएकानीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिनथालेका छन् । राज्यकाविभिन्न अंगहरूमामहिलाहरुको सहभागिता बढ्दै गएको छ ।”
महिला र पुरुषबीच सारभूत समानताकायम गर्न नीतिगत, संस्थागत तथाकार्यक्रमगतप्रयास हँदाहँुदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरुमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौतिहरु रहेको प्रधानमन्त्रीले बताएका छन् । “आज पनि लैंगिक हिंसा तथागरिबीको प्रभावमहिलाहरुमा बढी परेको देखिन्छ । यस्तो अवस्थामा परिवर्तन गर्नु परेको छ,” प्रधानमन्त्रीको भनाइ छ, “आधाआकाश र आधाधर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म“समृद्ध नेपाल र सुखी नेपाली”को राष्ट्रिय संकल्प साकारहुनसक्दैन ।त्यसैले महिला सशक्तिकरणका लागि संघ, प्रदेश र स्थानीयतहले आ–आफ्नो स्थानबाट नयाँसोचका साथनीति योजना र कार्यक्रम तय गरी लागू गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु ।”

प्रतिक्रिया दिनुहोस्