Logo
Logo

एनआइसी एशिया बैंकको क्विकपे सेवा सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । नवीनतम प्रविधिमा आधारित अनलाइन भुक्तानी सेवाहरू प्रदान गर्नमा अग्रणी स्थानमा रही देशको डिजिटल कारोबार बढाउन उल्लेखनीय योगदान दिँदै आएको एनआइसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपिआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्विकपे’ सेवाको सुरुवात गरेको छ । हस्पिटालिटी, ट्राभल÷टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहनुभएका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘क्विकपे’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस बैंकबाट ‘क्विकपे’ सेवा लिन चाहनुहुने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले वहाँहरूलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्नेछन् । उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन् ।

अनलाईन भुक्तानी सेवामा आबद्ध नहुनुभएका ई–कमर्श कम्पनीहरूले ‘क्विकपे’को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाईन व्यवसाय गरिरहनुभएका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्नेछन् । यस ‘क्विकपे’ सेवाले अनलाईन र अफलाईन भुक्तानीको बीच गतिशील पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पु¥याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ । हाल यस बैंकमार्फत कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे साइबरसोर्स, एनआईसी एसिया मोबैंक तथा अन्य अनलाईन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध भएकोमा ‘क्विकपे’ सेवाको सुरुवातले देशमा डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउन ठोस टेवा पुग्नेछ । हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको ‘क्विकपे’ सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकले अपेक्षा लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्