Logo
Logo

नेपाल सुपर लिगमा चितवन र लुम्बिनीले अंक बाँडे


दृष्टि संवाददाता


काठमाडौं । नेपाल सुपर लिगमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरीमा चित्त बुझाएको छ । दशरथ रंगशालामा भएको खेलमा चितवनले सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा दुई दुई गोलको बराबरी खेल्यो ।

खेलको १५ औं मिनेटमा नै जर्ज प्रिन्स कार्कीको गोलमा चितवनले अग्रता बनाएको थियो । त्यसको चार मिनेटमा नै टेकबहादुर बुढाथोकी गोल गर्दै चितवनले अन्तर दुई शुन्यमा पुर्यायो । तर, ३२ औं मिनेटमा बुटवल लुम्बिनीले गोल गर्दै अन्तर दुई एकमा पुर्यायो । उसका लागि आशिष लामाले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको चितवनले ६५ औं मिनेटमा दोस्रो गोल खान पुग्यो । चितवनका गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै लक्ष्मण रुचालले खाली पोष्टमा गोल गर्न सफल भए ।

त्यसपछि दुबै टिमबाट थप गोल भएन र एक एक अंक बाढ्न बाध्य भए । बराबरीपछि बुटवलको चार अंक भएको छ । चितवनको भने दुई अंक छ ।

प्रतिक्रिया दिनुहोस्