Logo
Logo

आइसीसी बरीयतामा कुशल भुर्तेल समावेश, सन्दीप लामिछानेको खस्कियो


दृष्टि संवाददाता


काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको नयाँ टी २० को ब्याटिङ बरीयतामा नेपालका तीन खेलाडी समावेश भएका छन् । नयाँ वरीयतामा कुशल भुर्तेल, पारस खड्का र ज्ञानेन्द्र मल्ल समावेश भएका हुन् ।

नेपालमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल ६१ औं स्थानमा छन् भने पारस खड्का ८८ औं स्थानमा छन् भने कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् ।

वरीयतामा कुशलको चार सय ४२ रेटिङ गरेको छ । यस्तै पारस खड्काको तीन सय ६२ तथा ज्ञानेन्द्र मल्लको तीन सय ५७ रेटिङ छ । बलिङमा सन्दिप लामिछानेको बरीयता झरेको छ । उनी ७७ औं स्थानमा छन् । त्रिकोणात्मक सिरिजमा उनले सर्वाधिक १३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्