Logo
Logo

नेपाल सुपर लिग : बुटवल लुम्बिनी र चितवनबीच बराबरी


दृष्टि संवाददाता


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र एफसी चितवनले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । दुई गोलले पछाडि रहेको स्थितिबाट बुटवल लुम्बिनीले खेल बराबरीमा ल्याएको हो । यो नतिजापछि बुटवल लुम्बिनीको दुई खेलबाट चार अंक भएको छ । चितवनले भने लगातार दोस्रो बराबरी खेल्यो र दुई अंकमा रह्यो ।

चितवनले सुरुमा दुई गोलको अग्रता लिएको थियो । खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोलको खाता खोले । फ्रान्सका गोरान जार्कोभिचले दिएको पासमा जर्जले गोल गरे । लगतै १८ औं मिनेटमा टेकबहादुर बुढोथोकीले दोस्रो गोल थपे । बुटवल लुम्बिनीले आफ्नो पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बलमा टेकबहादुरले गोल गरेका हुन् ।

खेलको ३१ औं मिनेटमा आशीष लामाले बुटवल लुम्बिनीका लागि पहिलो गोल फर्काए । उनले यसका लागि पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गरे र यो सुन्दर गोलमा परिणत भयो । लक्ष्मण रुचालले ६५ औं मिनेटमा बराबरी गोल गरे । उनले चितवनका गोलरक्षक विशाल सुनारले फुत्काएको बललाई पोस्टको दिशा दिए ।

प्रतिक्रिया दिनुहोस्