Logo
Logo

नेकपा प्रवेश गर्लान् सिके राउत ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २४ फागुन ।
तराईमा पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतले अखण्ड नेपाल स्वीकार गरी मूलधारको राजनीतिक आउने भएका छन् । सरकारसँगको वार्तापछि उनले उनले बाटो परिवर्तन गरेका हुन् ।
प्रधानमन्त्री ओली र राउतले शुक्रबार संयुक्त रुपमा राजनीतिक सहमतिको घोषणा गर्दै छन् ।
उनी मूलधारको राजनीतिमा आउने मात्र नभई सत्तारुढ नेकपामा समेत प्रबेश गर्ने तयारी समेत छ । सोही विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको छ ।


बैठकमा कतिपयले राउतलाई पार्टीमा ल्याउन नहुने बताएका थिए । राउतले नेकपालाई समेत प्रयोग गरेर पछि आफ्नो शक्ति बढाउन सक्ने भएकाले हतार गरेर पार्टीमा प्रबेश गराउन नहुने कतिपय नेताहरुको भनाई छ ।
शनिबार नेकपाका अध्यक्षद्वयले रौतहटमा जनसभा गर्ने कार्यक्रम छ । सोही सभामा राउतलाई पार्टी प्रबेश गराउने चर्चा समेत रहेको छ ।
सरकारले गठन गरेको वार्ता टोलीका संयोजक सोम पाण्डे नेतृत्वको टोलीले गोप्य रुपमा सिके राउतसँग सहमति गरेको हो । तर, वास्वतमै उनी मूलधारको राजनीतिमा आउन लागेका हुन्, कि यसलाई प्रयोग मात्र गर्न खोजेका हुन् भन्ने अहिलको मूल प्रश्न हो । राउत बिहीबार मात्र सर्वाेच्च अदालतको आदेशमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्