हवाई यात्रुले विमानस्थलका ट्याक्सी घरमै बोलाउन सक्ने « Drishti News – Nepalese News Portal
Logo

हवाई यात्रुले विमानस्थलका ट्याक्सी घरमै बोलाउन सक्ने


दृष्टि संवाददाता


काटमाडाैंं । निषेधाज्ञाको अवधिमा जहाजबाट यात्रा गर्ने यात्रुहरूले विमानस्थल आउ-जाउ गर्नका लागि ‘प्रिपेड ट्याक्सी’ सेवा पाउने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै निषेधाज्ञा आदेशअनुसार नै वैध टिकट, भिसा, पासपोर्ट भएका यात्रुले यस्तो सेवा पाउने छन्।

विमानस्थल कार्यालयबाट अनुमति पाएका हरियो नम्बर प्लेट भएका यस्ता ट्याक्सीको सेवा लिनका लागि यात्रुले कि विमानस्थलको पार्किङमा जानुपर्ने छ कि फोन गरेर आफूलाई पायक पर्ने ठाउँमा बोलाउन सकिने छ।

फोन गरेर बोलाउनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि फरक-फरक नम्बरमा फोन गर्नुपर्ने छ।

आन्तरिक हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि: ९८४१०७०६२३/९८४१२८१२७० र अन्तर्राष्ट्रिय तर्फका हवाई यात्रुले ट्याक्सी बोलाउनका लागि ९८०३०५३३५१/९८०३१४६१२२/९८६००१५५१३ मा सम्पर्क गर्न सकिन्छ। यस्तै, अफिस लागि ०१४४९९१५९/०१४४७४०१४ मा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्