Logo
Logo

सिके राउतसँग सरकारको ११ बुँदे सहमति

राजनीतिक स्पेस दिनुभएको प्रधानमन्त्रीलाई धन्यवादः राउत


- दृष्टि न्युज/संवाददाता




काठमाडौं, २४ फागुन ।
करिब ६ वर्ष पृथकतावादी आन्दोलनमा गरेका सिके राउत मुलधारको राजनीतिमा आएका छन् । शुक्रबार उनले सरकारसँग ११ बुँदे सहमति गरेका हुन् ।


गृहमन्त्री रामबहादुर थापा र राउतसँग सभागृहमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार राउतका सबै कार्यकर्ताहरु छुट्ने छन् । उनीहरुले अब यस्ता गतिविधि गर्ने छैनन् । घाइते र मृत्यु भएका उनका कार्यकर्तालाई सरकारले सहयोग र क्षतीपुर्ती दिने भएको छ ।
आफूहरुको आन्दोलनलाई सुरक्षित अवतरण गरेर राजनीतिक स्पेस दिएकोमा राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्