Logo
Logo

भारतबाट आएकाहरूलाई एकान्तवासमा राखौं : विप्लव


दृष्टि संवाददाता


काठमाडौँ । नेत्र वित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी रूपमा काम गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी महासचिव विप्लवले एक विज्ञप्तिमार्फत कोरोना नियन्त्रणका लागि निषेधाज्ञा गरिएको भएपनि यो पर्याप्न नभएकाले थप कमद चाल्न गरेका हुन् ।

विप्लवले कोरोना रोकथामका लागि भारतसहित विदेशबाट नेपाल प्रवेश गर्नेलाई कडाइ गर्नुपर्नेमा जोड दिएका छन् । ‘भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तवासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्ना कार्यकर्तालाई सक्रिय हुन पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्