Logo
Logo

प्रधानसेनापति थापाद्वारा तीन गणको निरीक्षण


दृष्टि संवाददाता


मोरङ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले तीन गणको निरीक्षण गरेका छन् । बिहीबार प्रधानसेनापति थापाले मोरङका श्री भैरव गण, श्री कालीशक्ति गण (ई) र तेह्रथुमको श्री देवीबक्स गुल्मको निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा प्रधानसेनापति थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

प्रधानसेनापति थापाले वैशाख १७ गते इलाम, झापा तथा उदयपुरमा तैनाथ क्रमश श्री पशुपति प्रसाद गण, श्री नयाँ श्रीनाथ गण र श्री रणशार्दुल गणको समेत निरीक्षण गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्