Logo
Logo

आरबिबी मोवाइल बैंकिङ महामेलाका विजेता छनोट


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबी मोबाइल बैंकिङ महामेलाको विजेता छानिएको छ । चैत ५ देखि वैशाख ५ सम्मको महामेलामा ७३ हजार कारोबारवाट नौजना विजेता छनोट गरिएको हो । महामेला एफवान सफ्टको सहकार्यमा सञ्चालन गरिएको बैंकले जनाएको छ ।

विजेताहरूमध्ये स्वर्णिम पौडेलले ४ रात ५ दिन थाइलैन्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएको जनाइएको छ । त्यस्तै, तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सिर्जना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ ग्यालेक्सी एम०१ कोर ब्रान्डको एक–एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि अघिल्लो वर्षदेखि एफवान सफ्टको सहकार्यमा महामेला कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । यसका लागि बैंकको मोबाइल बैंकिङबाट ग्राहकहरूले कारोबार गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्