Logo
Logo

माछापुच्छ्रे बैंकका दुई नयाँ शाखारहित बैंकिङ


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे  बैंकले सोलुखुम्बुका दुई स्थानमा शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । बैंकले थुलुङ दूधकोसी गाउँपालिकाको देउसा र माप्य दूधकोसी गाउँपालिकाको राप्छामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

ग्रामीण क्षेत्रका नागरिकसम्म वित्तीय पहुँच पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिएको बैंकको सोलुखुम्बु शाखाका म्यानेजर टेकबहादुर बस्नेतले बताए । थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असीम राईले शाखारहित बैंकिङ सेवाबाट आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताए । त्यस्तै, माप्य दूधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले दुर्गम क्षेत्रबाट बैंकिङ सेवा लिनका लागि घन्टौँसम्म हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

स्थानीयमा बचत गर्ने बानीको विकास गराउँदै ऋण परिचालनको माध्यमबाट लघु उद्यमका लागि सहयोग पु¥याउँदै ग्रामीण क्षेत्रका नागरिकसम्म वित्तीय पहुँच पु¥याउनका लागि शाखारहित बैंकिङ सेवा विस्तार गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्