क्रिकेटका सबै प्रतियोगिता र सिरिज रद्द « Drishti News – Nepalese News Portal
Logo

क्रिकेटका सबै प्रतियोगिता र सिरिज रद्द


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले कोरोना संक्रमणको दोस्रो लहरले भयावह परिस्थिति सिर्जना भएको भन्दै क्रिकेटका सबै कार्यक्रम अनिश्चितकालका लागि रद्द गरेको छ।

आज एक सूचना जारी गर्दै क्यानले जिल्ला तथा प्रादेशिक छनोटजस्ता राष्ट्रिय र विभिन्न देशसँग हुने भनिएका द्विपक्षीय र त्रिपक्षीय सिरिज स्थगित गरेको हो ।

क्यान सचिव अशोक नाथ प्याकुर्‍यालले विज्ञप्तिमा भनेका छन्, ‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित सबै प्रतियोगिता र सिरिज तत्कालका लागि स्थगित गरिएको छ।’

क्यानले जिल्ला तथा प्रादेशिक संघहरुलाई क्रिकेटका सबै गतिविधि संघबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्न निर्देशन समेत दिएको छ।

साथै संघले आईसीसीको प्रावधानअनुसार नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लब, एकेडेमी र संघ÷संस्थाबाट आयोजना गरिने क्रिकेट प्रतियोगिताको कार्यविधि निर्माण भइरहेको पनि सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्