Logo
Logo

अमरेशले गरे दोस्रो बिहे


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २५ फागुन ।
नेपाली कांग्रेसका नेता एवं सांसद अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन्। त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग शनिबार बंगलामुखी मन्दिरमा उनले विवाह गरेका हुन् ।


यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए भने २०६७ सालमा डिभोर्स भएको थियो। पहिलो श्रीमती भारतमा अध्ययनको क्रममा रहँदा उनले डिभोर्स गरेका थिए । पछि भारतीय प्रहरी लगाएर पहिलो श्रीमतीलाई थुनाएका समेत थिए ।
भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी भएपछि गाउँमै बस्दै आएका छन्। स्रोतका अनुसार जोशी केही वर्षदेखि काठमाडौंमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्