Logo
Logo

अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो दिन कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि सरकारले त्यसको रोकथामका लागि एकपछि अर्को निर्णय गर्न थालेको छ । अहिले उपत्यकालगायत देशका २३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ ।

यस्तै, केही अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाउने तयारी गरिएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडानसमेत बन्द गर्न सिफारिस गरेको छ भने निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

सीसीएमसीले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका १० मुलुकबाट हुने उडानलाई रोक लगाउन सिफारिस गरेको हो । तर, ट्रान्जिट हुँदै आउने विमानमा नरोकिने बताइएको छ ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने सीसीएमसीका एक सदस्यले बताए । उनका अनुसार भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्