Logo
Logo

सरकारले उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद : नेता पुन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार आफैँले भीड जम्मा गरेर संक्रमण फैलाएको आरोप लगाएका छन् । शनिबार पत्रकारहरुस्ँग कुरा गर्दै उनले भने, ‘सरकार आफैँले भीड जम्मा गरेर कोरोना संक्रमण फैलाउने काम गर्ने अनि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा हो ।’

पूर्वऊर्जामन्त्री समेत रहेका पुनले सरकारकै लापरबाहीका कारण अहिलेको अवस्था आएको दावी गरे । सरकारले कोरोना रोकथाम तथा न्यूनीकरणमा नलागी गम्भीर लापरबाही गरिरहेको समेत आरोप लगाए ।

उनले भने, ‘आफैँ लापरबाही गरेर हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो ।’

उनले उपचार गर्न सक्दिन, अस्पतालमा बेड छैन भन्ने सरकारको भनाइलाई तुरुन्त सच्याउनुपर्ने बताए । उनले भने, ‘कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गरेर थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल््न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्