Logo
Logo

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन आइतबार अमेरिका जाँदैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्रा्ष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नेछिन् । उनले साइडलानमा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव शंकरदास बैरागी र अन्य अधिकारी त्यसतर्फ गएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा भने शनिबार नै त्यसतर्फ प्रस्थान गरिन् । राष्ट्रपतिको टोली शुक्रबार फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्