प्रहरीको प्रारम्भिक निष्कर्ष : तीन बालकको कारभित्र निस्सासिएर मृत्यु « Drishti News – Nepalese News Portal
Logo

प्रहरीको प्रारम्भिक निष्कर्ष : तीन बालकको कारभित्र निस्सासिएर मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । दाङमा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । अनुसन्धानमा संलग्न अधिकारीले पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउली बजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

कार पञ्चर भएर थन्किएको अवस्थामा रहेको र कारको ढोका खुला भएपछि भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाको प्रकृति हेर्दा हत्याजस्तोन देखिएको प्रहरीको भनाइ छ ।
उनीहरुको गोजीमा ताससमेत फेला परेको बताइएको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ ।

प्रतिक्रिया दिनुहोस्