Logo
Logo

‘मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव छल्न राजीनामा दिए’


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आकस्मिक रुपमा राजीनामा दिएपछि राजनीतिबृत्तमा दुई खाले चर्चा चल्न थालेका छ ।

आफूमाथि अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्रीले राजीनामा दिएको समेत आरोप लगाइएको भने अर्कातिर एमालेको एकल बहुमतको सरकार गठन गर्न राजीनामा दिएको बताइएको छ । मुख्यमन्त्री पोखरेलले भने एकल बहुमतको सरकार गठन गर्न आफूले राजीनामा दिएको बताएका छन् ।
यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मुख्यमन्त्रीको राजीनामाप्रति आश्चर्यता व्यक्त गरेको छ । अविश्वासको प्रस्ताव संसद्मा टेबुल हुने संसदको पहिलो बैठक सुरु नहुँदै पोखरेलले राजीनामा दिएपछि कांग्रेसको संसदीय दलको बैठक आजै बस्दैछ ।

मुख्यमन्त्रीको राजीनामापछिको रणनीति बनाउन बैठक बस्ने लागेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले जानकारी दिए ।
उनले विकल्पहरू सोच्दै गरेको बताउँदै भने, ‘अब हामी छलफल गरी अघि बढ्नेछौँ । उनले अहिलेकै गठबन्धन अघि बढाउनेसमेत बताएका छन् । उनले भने, ‘पार्टीभित्र आन्तरिक विवादले फ्लोर क्रस आशंकाले पनि पोखरेलले राजीनामा दिएको हुनसक्छ ।

उसनले विवादलाई मत्थर गर्न सेफ ल्याण्डिङको बाटो रोजेपनि अविश्वासको प्रस्तावको फेरि पनि फेस गर्नुपर्ने कनोडियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्