लुम्बिनीमा पोखरेलको गुम्यो बहुमत « Drishti News – Nepalese News Portal
Logo

लुम्बिनीमा पोखरेलको गुम्यो बहुमत


दृष्टि संवाददाता


काठमाडौं । एमाले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको तयारीमा छ । यसैबेला लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् । सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनमा पोखरेल लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्