Logo
Logo

‘काम चलाउ’ मुख्यमन्त्रीद्वारा हतासमै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


दृष्टि संवाददाता


रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका छन् । आइतबार राजीनामा दिएसँगै काम चलाउ मुख्यमन्त्री बनेका पोखरेलले हतासमा प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका हुन् ।


उनले आइतबार अकस्मात पदबाट राजीनामा दिएका थिए । पूर्वनिर्धारित समयमै आइतबार दिउँसो १ बजेदेखि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन चल्ने कार्यतालिका बे्रक गर्दै बिहानै राजीनामा दिएपछि उनी प्रदेश प्रमुख धर्मनाथ यादवकहाँ पुगेका थिए ।
सरकार प्रवक्ता मन्त्री बैजनाथ चौधरीका अनुसार राजीनामा स्वीकृत भएपछि काम चलाउन सरकारको पत्र प्रदेश प्रमुख दिएका थिए । तर, एक सांसद माओवादीतिर लागेको थाहा पाएपछि नयाँ सरकार गठनमा गोलमाल हुने निष्कर्षसहित प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् ।
एमाले लुम्बिनी प्रदेश सांसद विमला वली आइतबार नै माओवादीमा प्रवेश गरेकी छन् । वलीले एमाले त्यागेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।
बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्