काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।
आइतबार नेकपा एमालेको स्थायी कमिटी बैठक सकिनेवित्तिकै उनी राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएको बालुवाटार स्रोतको भनाइ छ । आइतबार एमालेले बालुवाटारमा आकस्मिक स्थायी कमिटी बैठक बोलाएको थियो । बैठकमा भएको निर्णय बाहिर आएको छैन । लुम्बिनी प्रदेशको राजनीति तातिरहेको बेला एमाले अध्यक्षसमेत रहेका ओलीले आइतबार बैठक बोलाएका हुन् ।