Logo
Logo

विमला वली ‘सम्पर्कविहीन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी वली सम्पर्कविहीन बनेकी छन् । उनी आइतबार मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको समाचार बाहिर आएको थियो । तर, अहिले उनी सम्पर्कविहीन बनेको एक माओवादी नेताले बताए ।

वलीलाई आइतबार नै माओवादी प्रवेशको औपचारिक जानकारी दिने माओवादीको तयारी थियो । आइतबार राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमत पुग्ने आकलन गरिएपनि वली माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ ।

एमाले सांसद वली माओवादीमा प्रवेश गरेको भनिएपनि अहिले सम्पर्कमा नरहेको ती नेताले बताए ।

एमालेका ४१ जना सांसदमध्ये ओली माओवादी प्रवेश गरेपछि ४० जना मात्रै हुनेछन् । ओली दाङ क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । उनका श्रीमान उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला उपनिर्वाचनबाट निर्वाचित भएकी थिइन् ।

यसैबीच नेकपा एमालेले भने सांसद विमला केसीलाई ‘अपहरण’ गरेर विज्ञप्ति जारी गर्न लगाइएको दाबी गरेको छ । नेकपा एमालेले आकस्मिकरुपमा बोलाएको स्थायी कमिटी बैठकपछि एक नेताले विमला केसीलाई अपहरण गरिएको दावी गरेका हुन् । उनले त्यसबारे छलफल भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्