Logo
Logo

जनगणना कार्यक्रम तत्काललाई स्थगित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै जनगणना कार्यक्रम तत्काललाई स्थगित गरिएको छ । मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगले जनाएको हो । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो ।
आयोगमा उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलका अनुसार अहिले गणकहरूलाई खटाउने अवस्था छैन । जसका कारण सही तथ्याङ्क पनि आउन सक्दैन । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले सबै तयारी पूरा गरेको थियो । विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको थियो ।
गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड–१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्