Logo
Logo

‘प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून स्वीकार्य हुँदैन’


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने गरी आउने कुनै पनि ऐन, कानून स्वीकार्य नहुने बताएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रतिष्ठान शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले शुभकामना सन्देश दिँदै प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून महासङ्घलाई स्वीकार्य नहुने बताए ।

‘पत्रकारका पेशागत र भौतिक सुरक्षा तथा प्रेस स्वतन्त्रताका लागि देशभरका पत्रकार एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ’, उनले भनेका छन् ।

पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यतालाई अनुसरण गरे मात्र समाजले आम पत्रकारप्रति गरेको विश्वास र सामाजप्रतिको दायित्व पूरा हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्