Logo
Logo

नेशनल लाइफको सिइओमा सुरेशप्रसाद खत्री नियुक्त हुँदै


दृष्टि संवाददाता


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्ने भएको छ ।

वैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई सिइओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

बैठकले खत्रीलाई आगामी चार वर्षको लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त प्रस्ताव स्वीकृतिका लागि कम्पनीले बीमा समितिमा निवेदनसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्