Logo
Logo

त्रिशुलीमा बेपत्ताको शव फेला


दृष्टि संवाददाता


चितवन । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज (सोमबार) फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भन्ने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्