Logo
Logo

कोरोना नियन्त्रण गर्न श्रीलङ्कामा नयाँ आदेश जारी


दृष्टि संवाददाता


एजेन्सी । कोरेना भाइरसको महामारी बढ्दै गएपछि महामारी न्युनिकरणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड गर्न नदिने कुरालाई केन्द्रित गरेर आदेश जारी गरेका हुन् ।

आदेशमा विवाह भोज, धार्मिक भेला, भिडभाड हुने कार्यक्रमलगायतलाई पनि प्रतिवन्ध लगाइएको उल्लेख गरिएको छ । श्रीलङ्कामा दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा रहेको पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको बेलायती प्रकारबाट प्रभावितहरूको मृत्यु दर पनि उच्च रहेको उनीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरस महामारी न्युनिकरण प्रमुख तथा सेनापति शभेन्द्र सिल्भाले अनुगमनलाई तीव्रता दिइएको छ ।

आर्थिक पक्ष धरासायी हुने डरले सरकारले पूर्ण लकडाउन लागु गर्न नचाहेकोले भिडभाड हुन नदिने व्यवस्था कार्यान्वयनमा जोड दिइएको बताइएको छ ।
अहिले जारी गरिएको आदेशमा यही मे २१ सम्म विवाह भोजलगायतका कार्यक्रमहरु गर्न नपाइने उल्लेख गरिएको छ ।

अर्को सूचना प्रकाशित नहुदाँसम्मका लागि अन्य भिडभाड हुने कार्यक्रम तथा सार्वजनिक समारोह नगर्न आग्रह गरिएको छ । आदेशमा जनाइएअनुसार, चलचित्र हल, बालबालिका खेल्ने खेल मैदान, पौडी स्थल, बार तथा रेस्टुरेन्टहरु, क्यासिनो र रात्रि क्लवजस्ता विलासी र मनोरञ्जनमूलक सेवालाई पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्नु पर्नेछ ।

उद्योग तथा पसलहरु भने २५ प्रतिशत क्षमता मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आदेशमा उल्लेख छ । विद्यालयसहितका शैक्षिक संस्थाहरुलाई पनि अनिश्चितकालका लागि बन्द गर्न आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्