Logo
Logo

नेपाल सुपर लिग : विराटनगर शीर्षस्थानमा


दृष्टि संवाददाता


काठमाडौं । विराटनगर सिटी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगर शीर्षस्थानमा उक्लिएको हो ।

विराटनगलाई सहज जित दिलाउनको लागि स्पेनिस् फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङले समान एक/एक गोल गरे । विराटनगरले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलकाे ७३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । उनले सुनिल बलको फ्रिकिकलाई पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए । ८९औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई २-० को जित दिलाए ।

यो जितसँगै ४ खेलबाट ७ अंक जोडेर विराटनगर शीषस्थानमा उक्लिएको छ । धनगढीको समान ७ अंक रहेपनि हेड टु हेड र गोलअन्तरमा विराटनगर अगाडि भएको हो । पराजित चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्