Logo
Logo

नेपालको बरियतामा दोहोरो सुधार


दृष्टि संवाददाता


काठमाडौँ । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एसोसिएट राष्ट्रहरुमा शीर्ष स्थानमा पुगेको छ । अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार प्रकाशित गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा नेपाल एक स्थानमाथि उक्लेर १३ औं स्थानमा आएका हो ।

नेपालभन्दा माथि टेस्ट खेल्ने १२ राष्ट्र छन् । नेपालले स्कटल्यान्डलाई उछिन्दै एक स्थान माथि आएको हो । यो नै नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा उत्कृष्ट वरीयता भने होइन् । नेपाल यसअघि ११ औं स्थानसम्म पुगेको थियो ।

अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरीयता १५ बाट १३ औं स्थानमा आएको हो । प्रतियोगितामा नेपालले ५ मध्येको ४ खेल जितेको थियो । नेदरल्यान्ड्स १७ औं स्थानमा यथावत छ ।

इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड क्रमशः पहिलोदेखि १२औं स्थानमा छन् । यी सबै टेस्ट खेल्ने राष्ट्र हुन् । त्यसपछि वरीयतामा नेपाल रहेको छ । स्कटल्यान्ड, युएई र पपुवा न्यु गिनी क्रमश १४औं देखि १६ औं स्थानमा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल एक स्थानमाथि उक्लदै १६ औं स्थानमा आइपुगेको छ । नेपालभन्दा माथि एसोसिएट राष्ट्रहरुमा नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डमात्र रहेको छ । यद्यपि नेपालले २०२० को फेब्रुअरी यता कोभिड १९ का कारण कुनै एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छैन ।

प्रतिक्रिया दिनुहोस्