Logo
Logo

आईपीएल अनिश्चितकालका लागि स्थगित


दृष्टि संवाददाता


एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित भएको छ। मंगलबार बसेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) र इण्डियन प्रिमियर लिग गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईले एक विज्ञप्ति निकाल्दै आईपीएलको आयोजक, सपोर्ट स्टाफ र खेलाडीको स्वास्थ्यलाई लिएर कुनै ‘कम्प्रमाइज’ नगर्ने जनाएको छ।

साेमबार मात्र आईपीएलको फ्रेन्चाइजी कोलकता नाइट राइडर्सको दुई जना खेलाडीमा कोभिड सङक्रमण पुष्टी भएको थियो। त्यस्तै चेन्नइ सुपर किंग्सको पनि अफिसियलहरुमा कोभिड सङक्रमण पाइएको थियो।

पछिल्लो समय भारतमा कोभिडले विकराल रुप लिइरहँदा आईपीएल जारी रहेको भन्दै आलोचना समेत हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्