काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो « Drishti News – Nepalese News Portal
Logo

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । मंगलबार बसेको उपत्यकाका तीन जि ल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो । एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते, बुधबार सकिँदै थियो ।

साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ । यसअघि बेलुका २ घण्टा पनि पसल खोल्न दिने गरिएको थि बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ ।

निषेधाज्ञाका बीच आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्